सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो

काठमाडौं । आइतबार फेरि सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । गत शुक्रबार एक हजार रुपैयाँले नै बढ्दै प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पुनः एक हजार रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा झरेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै घट्दै ९१ हजार ३०० रुपैयाँमा झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा तोलामा ३० रुपैयाँले घट्दै एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *