जातीय विभेद तथा शरीर बन्धक मुद्दामा दम्पतीलाई जेल सजाय

रामेछाप । दलित समुदायकी बालिका माथि जातीय विभेद गरेको तथा शरीर बन्धक बनाउने दम्पतीलाई जिल्ला अदालत रामेछापले जेल सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले शुक्रवार जातीय विभेद तथा शरीर बन्धक बनाएको मुद्दामा दोषी ठहर गर्दै जरिवाना र कैद सजाय सुनाएको हो ।

जिल्ला अदालत रामेछापले शरीर बन्धक र जातीय विभेद मुद्दामा मन्थली नगरपालिका ६ भलुवाजोरका ६३ वर्षीय शेर बहादुर नगरकोटी र उनीकी धर्मपत्नी बाल कुमारी श्रेष्ठलाई नगद जरिवानासँगै कैद सजाय फैसला भएको जिल्ला अदालत रामेछापका श्रेतेदार राम प्रसाद पौडेलले बताए ।

२०७८ माघमा घरमा नभएको मौका पारेर छिमेकी १२ वर्षीया नेपाली थर भएकी दलित बालिका श्रेष्ठको घरमा पसी २ डाडु दही चोरेर खाएको अभियोगमा श्रेष्ठले वालिकालाई नियन्त्रणमा लिएको थिए । नियन्त्रणमा लिएर श्रेष्ठले आफ्नै घरको थाममा १९ घण्टासम्म दाम्लोले बाँधेर यातना दिएका थिए । दही चोरी भएको घटनाभन्दा पनि दलित बालिका घरभित्र पसेको अभियोगमा उनले घर जिम्मा नलिई बालिकालाई नफुकाउने अडान लिएर बसेका थिए । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *