डिशहोमको सस्ताे इन्टरनेट अफर

काठमाडौँ । डिशहोम फाइवरनेटले नयाँ ब्याण्डविथका साथ आकर्षक मूल्यमा ‘फास्टेस्ट इन्टरनेट’ प्याकेज ल्याएको छ ।

फेस्टिभ फाइबरनेट नाम दिइएको अफरअनुसार ८७० रुपैयाँ प्रतिमहिनामा २०० एमबीपीएसको इन्टरनेट प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ ।

त्यस्तै प्रति महिना रु. ५९५ मा ७५ एमबीपीएस रु. ६८७ मा १०० एमबीपीएस, ८२४ मा १५० एमबीपीएस र रु. ९१६ मा २५० एमबीपीएसका प्याकेजहरु उपलब्ध हुने छ । यो अफरअनुसार एक बर्षको जडान गर्ने ग्राहकले ५जी डुअल ब्यान्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन् ।

साथै इन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रु. २५० प्रति महिनामा डिसहोम आई टिभीको सेवा पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *