जनकपुरमा रेल चढे ओली, पूर्वमन्त्री अरगरियालाई एमालेमा भित्र्याउँदै
२०७९ असोज ८ गते

जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी ओली जनकपुरबाट रेल चढेर महिनाथपुर स्टेसनसम्म पुगेका छन् ।
पूर्व मन्त्री तथा लोसपाका प्रमुख सचेतक उमाशङ्कर अरगरियालाई एमालेमा भित्र्याउन ओली धनुषा आएका हुन् । एमालेले तिनकोरियामा पार्टी प्रवेश कार्यक्रम राखेको छ । ओली जनकपुरबाट त्यहाँ पुग्न महिनाथपुरसम्म रेलको यात्रा गरे ।
ओलीसँगै एमाले सचिव रघुवीर महासेठ, नेतृ जुली महासेठ, सांसद महेश बस्नेतलगायतले टिकट लिएर रेलको यात्रा गरे । रेलमा महिनाथपुर स्टेसन पुगेपछि ओलीलाई पूर्वमन्त्री अरगरियासँगै हजारौँ कार्यकर्ता स्वागत गरेका छन् ।
ओली महिनाथपुरबाट कार्यक्रम स्थल तिनकोरिया पुगिसकेका छन् । त्यहाँ पूर्वमन्त्री अरगरियासँगै हजारौँ कार्यकर्ता एमालेमा प्रवेश गर्ने बताइएको छ ।

२०७९ असोज ८ गते
प्रतिक्रिया










