कविता

तिमीलाई सम्झेर…

तिमीलाई सम्झेर…

तिमीलाई सम्झेर म झस्केर उठेछु
मैले सपनीमा तिमीलाई देखेछु

सँगै मिलेर लक्ष्यसम्म पुगौँला
हाँसी-खुसी हामी साथमा जिउँला
त्यो पारि वस्तीमा हाम्रो घर बनाउँला
चारैतिर उज्यालो बनाएर बसौँला

यो समय जुनको उज्यालो रातमा
खुला चउरमा बसेर आनन्दले रमाउँला
हामी सधैँ सँगै बसी रमाउन सकुँला
माया प्रेमका मिठा बात गरुँला

हिमालको पवित्रतासँग रमाउँला
तिम्रो सम्झना आउँदा तिमीलाई बोलाउँला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *