सिनामङ्गल-बानेश्वर क्षेत्रको वाग्मतीबाट दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान ६८७ औँ हप्तामा प्रवेश गरेको छ ।

काठमाडौं महानगरपालिका वडा न ९ र ३१ स्थित सिनामङ्गलबाट बानेश्वर क्याम्पसअघिको वाग्मती नदी किनारमा ६८७ औँ हप्ताको सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

सफाइबाट जम्मा भएको नकुहिने दुई मेट्रिक टन फोहर महानगरपालिकाको वातावरण विभाग टेकुको ट्रकमा राखी व्यवस्थापन गरिएको अभियानकर्मी डा माला खरेलले राससलाई जानकारी दिए । कुहिने फोहर भने नदी किनारमा रोपिएका बिरुवालाई मल हुने गरी गाड्ने व्यवस्था मिलाइएको छ ।

सफाइमा स्थानीय सरकारका जनप्रतिनिधि, वाग्मती सफाइ अभियानकर्मी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीसहित गैरीगाउँ बानेश्वर क्याम्पस सानो फलामे पुल क्षेत्रका स्थानीयवासीको पनि सक्रिय सहभागिता थियो । सफाइका क्रममा महानगरपालिका-९ का सदस्य टेकराज अधिकारीले ल्याउनुभएको लप्सी र एभोकाडोको बिरुवा वाग्मती किनारमा रोपिएको छ ।

वाग्मती सफाइ अभियानकर्मी नारायणकुमार श्रेष्ठको शुक्रबार परेको जन्मदिनको उपलक्ष्यमा वाग्मती किनारमा लप्सीको बिरुवा रोपिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा नदी किनारमा अभियानकर्मीले सफाइ गर्दै आएका छन् ।

यो सफाइ अभियान जाडो, गर्मी, झरी, भूकम्प, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि रोकिएको छैन । शनिबार जुनसुकै चाडपर्व परे पनि अभियानकर्मीले वाग्मती सफाइ भन रोक्दैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 15 =