मेस्सीको दुई गोलमा अर्जेन्टिनाको जित

काठमाडौँ । मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले होन्डुरसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अर्जेन्टिनाले होन्डुरसलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा लियोनेल मेस्सीले दुई गोल गरेका थिए भने लाउतारो मार्टिनेजले एक गोल गरेका थिए । अर्जेन्टिनाले अब अर्को मैत्रीपूर्ण खेल सेप्टेम्बर २८ मा जमैकासँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *