ओली भन्छन्- ‘देशबारे लेख्नुस्, एमाले आफैँ लेखिन्छ’

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले हुनुभन्दा राम्राे केही नभएकाे बताएका छन् । शुक्रबार काठमाडाैँमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘एमाले हुनुभन्दा राम्राे केही छैन,’ उनले भनेका छन्, ‘एमालेमा नरहेका साथीहरू सही पनि एमाले, मै पनि एमाले भन्छन् । किन भन्छन् त उनीहरू ?’

उनले लेखक, कवि तथा साहित्यकारहरूलाई एमालेकाे बारेमा नलेखे पनि देशकाे बारेमा आह्वान गरे, भने— ‘तपाईंहरू एमालेकाे बारेमा लेख्नुस्/नलेख्नुस्, तर देशकाे बारेमा लेख्नुस् एमाले आफैँ लेखिन्छ । बाटाेकाे बारेमा लेख्नुस्, एमाले आफैँ लेखिन्छ, तपाईंहरू राष्ट्रवादका बारेमा लेख्नुस्, एमाले आफैँ लेखिन्छ ।’

यस्तै उनले एमालेकाे विशेषता युवा पार्टी भएकाे दाबी गरेका छन् । उनले भने, ‘एस पार्टी भन्ने छ नि हिजाेआज । पाेहाेर भदाैमा जन्म्याे, याे भदाैमा बैंस आयाे । आउने भदाैमा बूढाे भइसक्छ, मरिसक्छ ।’

एमालेबाटै फुटेर बनेकाे माधवकुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी मंसिर ४ पछि टाेपी फुकालेर पुर्पुराेमा हात राख्ने अवस्थामा आउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *