राष्ट्रपतिलक्षित प्रचण्डकाे बाेली- ‘जानी/बुझी संविधान खुलेआमरूपमा मिचियाे’

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमन अझैसम्म नराेकिएकाे बताएका छन् । शुक्रबार काठमाडाैँमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भने, ‘गतसालयता शुरू भएकाे प्रतिगमन अझै सकिएकाे छैन । याे बुझाैँ साथीहरू ।’

उनले प्रधानमन्त्रीकाे हैसियतले केपी शर्मा ओलीले गरेकाे दुई/दुईपटककाे संसद् विघटनकाे प्रसङ्ग जाेड्दै भनेका छन्, ‘भर्खरै पनि खुलेआमरूपमा संविधान मिच्ने काम भएकाे छ । याे सामान्य हाेइन । याे हजाराैँकाे बलिदानबाट प्राप्त संविधान हाे, व्यवस्था हाे । याे अहिले प्राप्त उपलब्धिहरूलाई नै सिद्ध्याउने षड्यन्त्रअन्तर्गत नै हुँदै छ ।’

उनले थपे— जानी/बुझी संविधान मिच्ने काम भयाे, मिचिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *