प्रचण्ड भन्छन्- ‘वाम एकता अहिले पनि अपरिहार्य छ’

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रकाे सिर्जना गर्नुपर्ने बताएका छन् । शुक्रबार सङ्घीय राजधानीमा  काठमाडाैँमा आयाेजित एक कार्यक्रममा उनले भनेका छन्, ‘आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रकाे सिर्जना गर्नुपर्छ ।’

त्यसका लागि वाम एकताकाे आवश्यकता पर्ने बताए । ‘आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र, पूँजीकाे विकास गर्नुपर्छ । त्यसका लागि वाम एकता चाहिन्छ । अहिले पनि वाम एकता अपरिहार्य छ । अब हामीले नयाँ शिराबाट यसलाई अगि बढाउनुपर्छ । २०७४ सालमा मेरै प्रस्तावमा वाम एकता भयाे र त्यसमा राम्रै देखिएकै हाे । तर, त्याे टिकेन । याे निकै दुखद् हाे,’ उनले भनेका छन् ।

उनले प्रतिगमनलाई राेक्नका लागि सडकमा निस्कनुपर्ने पनि बताएका छन् । ‘अहिले पनि प्रतिगमनले फना उठाएर बसेकाे छ । यदि हामीले संघर्ष नगर्ने हाे भने, सडकमा नजाने हाे भने जत्ति नै बेला हामीलाई डस्न सक्छ । यसलाई हामीले सधैँ ख्याल गर्नुपर्छ,’ उनले भनेका छन् ।

यस्तै उनले माओवादी आन्दाेलन र आन्दाेलनका नेतृत्वमाथि प्रहार भइरहेकाे बताए । ‘प्रचण्ड सिद्धियाेस् भनेर निकै प्रचार भइरहेकाे छ । याे कुनै प्रचण्ड वा माओवादीकाे कुरा हाेइन, याे सिङ्गाे देशकाे कुरा हाे । माओवादी जनयुद्धकाे आधारमा अहिले यत्तिका परिवर्तन भयाे । यसलाई स्वीकार्नुपर्छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *