एकै दिन १ हजारले बढ्यो सुनको भाउ

काठमाडौँ । शुक्रबार एकै दिन सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बिहीबार छापावाल सुनको भाउ ९१ हजार ८ सय र तेजाबी सुनको भाउ ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *