सडकले जोडियो मुस्ताङ र डोल्पा, कालिगण्डकीमा बन्यो पक्की पुल

पोखरा । हिमाली जिल्ला मुस्ताङ र डोल्पा सडक सञ्जालले जोडिएको छ । यसलाई दुई प्रदेशबीचको कनेक्सनका रूपमा समेत लिइएको छ । मुस्ताङ गण्डकी प्रदेशमा पर्छ भने डोल्पा कर्णालीमा पर्छ । दुई जिल्ला जोड्नका लागि एक्लेभट्टी पाक्लिङ पुल कालिगण्डकीमाथी बनाइएको हो ।

निर्माणको सम्झौता भएको ७ वर्षपछि मात्रै पुल निर्माण सकिएको हो । यहाँ पुल बनाउनका लागि २०७२ सालमा तत्कालीन मुस्ताङ जिल्ला विकास समितिले ठेक्का लगाएको थियो । १२ करोड १३ लाख लागतमा सम्झौता भएको पुल १ सय २० मिटर लामो छ । हाल उक्त पुलको जिम्मा पूर्वाधार विकास कार्यालय मुस्ताङले पाएको थियो ।

उक्त पुल निर्माण भएपछि सान्ता सहितका विभिन्न गाउँमा खाद्यान्न र निर्माण सामग्री ढुवानीमा सहज हुनेछ भने भविष्यमा यसलाई हिमाली जिल्लाको सडक कनेक्टिभिटीसँग जोड्ने लक्ष्य छ । पुलको प्रदेश सांसद महेन्द्रबहादुर थकालीले उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया

One thought on “सडकले जोडियो मुस्ताङ र डोल्पा, कालिगण्डकीमा बन्यो पक्की पुल

Leave a Reply

Your email address will not be published. Required fields are marked *