फ्रान्सको पहिलो जित, एमबाप्पे र जिरुडले गरे गोल

काठमाडौँ । फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडको गोलमा साविक विजेता फ्रान्सले युइएफए नेसन्स लिगमा पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने क्रममा फ्रान्सले अष्ट्रियालाई २–० ले पराजित गरेको हो ।

स्टेड डि फ्रान्समा बिहीबार राति भएको खेलमा फ्रान्सले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।यस जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित अष्ट्रिया ४ अंक जोडेर पुछारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *