डेनमार्कलाई हराएर क्रोएसिया शीर्षस्थानमा

काठमाडौँ । डेनमार्कमाथि जित निकाल्दै क्रोएसिया युइएफए नेसन्स लिग ए ग्रुप १ मा शीर्षस्थानमा उक्लिएको छ । क्रोएसियाले डेनमार्कलाई २-१ ले हराएर शीर्षस्थानमा उक्लन सफल भएको हो ।

घरेलु टोलीको जितमा बोरना सोसा र लोभरको माजेरले गोल गरे । डेनमार्कका क्रिस्टियन एरिक्सनले एक गोल फर्काए ।

यस जितसँगै क्रोएसिया ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित डेनमार्क ९ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *