कम्युनिष्ट नेतृ प्रधानको स्मृति दिवसमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । कम्युनिष्ट नेतृ स्वर्गीय साहना प्रधानको आठौं स्मृति दिवसमा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । सहाना प्रधान प्रतिष्ठानको आयोजनामा बिहीबार शिक्षण अस्पताल महाराजञ्जमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा झण्डै ३ दर्जन बढीले रक्तदान गरेका छन् ।

काठमाडौं उपत्यकामा डेंगी रोग महामारीका रूपमा फैलिरहेको र बिरामीहरूका लागि रगतको अभाव भएको समाचार आइरहेकाले प्रतिष्ठानमार्फत रक्तदान कार्यक्रम आयोजना गरिएको नेकपा एकीकृत समाजवादीका सचिव एवं पूर्वशहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बताइन् ।

उनले स्वर्गीय प्रधानले आफ्नो जीवनकालमा अनेक अर्थपूर्ण र अनुकरणीय कार्य गरेको बताउँदै स्मृति दिवसमा प्रधान योगदानको सम्झना समेत गरिएको बताइन् । स्वर्गीय नेतृ प्रधानले शिक्षा र समाज सेवाका क्षेत्रमा महत्त्वपूर्ण योगदान र बालबालिकाका क्षेत्रमा थुप्रै सुधारका काम गरेको पनि पूर्वमन्त्री झाँक्रीले उल्लेख गरिन् ।

 विसं. १९८४ सालमा जन्मिएकी प्रधानको विसं. २०७१ मा निधन भएको थियो ।  स्वर्गीय प्रधान एक कुशल राजनीतिज्ञ तथा पूर्वमन्त्री थिइन्। कार्यक्रममा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली लगायतका विद्यार्थी नेताको उपस्थिति थियो ।

 उनले छोरीले पनि छोरासरह शिक्षाको अधिकार पाउनुपर्छ भन्ने अभियानबाट राजनीतिक यात्रा शुरू गरेकी थिइन्। विभिन्न समयमा विभिन्न भूमिकामा रहेकी प्रधान २०४६ सालको जनआन्दोलनमा संयुक्त बाम मोर्चाको संयोजक थिइन्। प्रजातन्त्र प्राप्ति पश्चात् पनि लामो समयसम्म उनी राजनीतिमा सकृय रहेकी थिइन् । कार्यक्रममा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *