एनसीसी बैङ्क र फोन पेबीच क्यासब्याक सम्झौता 

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क (एनसीसी बैङ्क) र फोन पे बीच दशैँ तिहार लक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ । एनसीसी बैङ्कले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलो पटक फोन पे को क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा रु.१०० सम्म क्यासब्याक अफर प्रदान गरेको छ ।
यस अफर अन्तर्गत सहभागिता जनाउनका लागि सामान खरिद वा विभिन्न किसिमको भुक्तानीका लागि सोही एप मार्फत भुक्तानी गरेको हुनुपर्नेछ ।
दशैँ र तिहार गरी २ पटक यो अफर सञ्चालन हुने भएको छ । दशैँ लक्षित यस अफर असोज ७ गते देखि असोज १४ गतेसम्म सञ्चालन हुनेछ भने तिहारलाई लक्षित गरी कार्तिक २ देखि कार्तिक ६ गते सम्म सञ्चालन हुनेछ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैङ्कले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्सटेन्सन काउन्टर र १३९ एटिएम सञ्चालन गरी ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरूमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.