पुरातत्व विभागलाई नै थाहा छैन टुकुचाबारे !

काठमाडाैँ । केही दिनअघि काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले जय नेपाल हलमुनि काेट्याउँदा टुकुचा खाेला देखियाे । लामाे समययता गायब भएकाे टुकुचाबारे कतिपयले त सुनेकासमेत थिएनन् । तर, जब बालेनकाे डाेजरले टुकुचा निकाल्याे, तब सबैले त्यसबारे खाेज्न थाले, साेध्न थाले ।

उसाे त टुकुचा के हाे ? टुकुचाकाे सुरुआती स्वरूप कस्तो थियाे ?  टुकुचालाई किन लुकाइयाे ? टुकुचा किन महत्त्वपूर्ण छ ? यी यावत् प्रश्नहरू आमजिज्ञासाकाे विषय बन्नै भयाे, सबैलाई काैतुहलता लाग्ने नै भयाे ।

यसैलाई मध्यनजर गर्दै मकालुखबर पुरातत्व विभाग पुग्याे । तर, विभागले टुकुचाबारे आफूलाई जानकारी नभएकाे बतायाे । विभागका अधिकृत रामबहादुर कुँवरले भने, ‘यसबारे हामीलाई केही थाहा छैन । यसको महत्त्व भूगोलविद्हरूलाई थाहा हाेला । ऐतिहासिक महत्त्व पनि थाहा छैन ।’

उसाे त एउटा व्यक्तिलाई कसरी थाहा हाेस् । अधिकृत कुँवर थप्छन्, ‘हाम्रा केही साथिहरू यसको अनुसन्धान गर्न फिल्डमा लाग्नुभएकाे छ । केही समयपछि तथ्य पत्ता लाग्ला नि !’

टुकुचा सिर्फ एउटा खाेला मात्रै हाेइन, याे राष्ट्रकै सम्पदा हाे, पुरातत्व हो । त्यसैले यसबारे सर्वसाधारणको चासो हुनु स्वाभाविक हो । उनीहरूकाे कौतुहल मेटाउने प्रयास पुरातत्व विभागले गर्नुपर्ने देखिन्छ ।

जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *