नेप्से झण्डै १० अंकले घट्दा कारोबार रकम र कित्ता दुवैमा गिरावट

काठमाडौँ । साताको पाचौँ कारोबार दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ९.८३ अंकले घटेर १८३८.९६ बिन्दुमा ओर्लिएको छ ।

यस दिन कारोबार रकम र सेयर कित्ता दुवैमा भारी गिरावट आएको छ । यस दिन जम्मा ६५ करोड ५७ लाख ५ हजार १ सय ६९ रुपैयाँमा २५ लाख ४२ हजार ८ सय ९९ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन १४३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ३७ कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन सामलिङ पावर कम्पनी, लक्ष्मी इक्वीटी फण्ड, लक्ष्मी उन्नती कोष, हेवाखोला जलविद्युत् आयोजनालगायत कम्पनीको सेयर मूल्य सबैभन्दा बढीले बढेको छ ।

यस दिन सबै कम्पनीहरुका १३ वटै समूहगत सूचक ओरालो लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *