ओलीकाे टिप्पणी- माओवादी केन्द्र ‘फ्यामिली क्लब’ हाे

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रलाई ‘फ्यामिली क्लब’काे संज्ञा दिएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा आयाेजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै ओलीले यस्ताे बताएका हुन् । ‘मैले पहिले पनि भनेकाे थिएँ । माओवादी केन्द्र हाे, पार्टी हाेइन नि । नाममै छ त सबै; त्याेचाहिँ केन्द्र हाे पार्टी हाेइन । केन्द्र भनेकाे माथिमात्रै हुने भनेकाे, तलचाहिँ छैनन् भनेकाे हाे नि त । केन्द्र त २/४जना मात्रै भएपनि बन्छ,’ उनले भनेका छन् ।

त्यसअघि उनले भने, ‘माओवादी केन्द्र त फ्यामिली क्लब हाे । यसाे परिवार, आफन्तहरू बस्ने ठाउँ । उहाँहरूकाे सङ्गठन छाताजस्ताे भएकाे छ । माथि हेर्‍याे ठूलाे, तल हेर्‍याे डन्ठा मात्रै । त्याे पनि कुन दिन सकिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *