एनएमबि बैंक र सिप्रदिबीच सहकार्य

काठमाडौँ । एनएमबि बैंकले विद्युतीय गाडीहरूमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्नेगरी सिप्रदि ट्रेडिङ्गसंग सहकार्य गरेको छ । जसमा ८०५ फाइनान्सिङ्गसहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ ।

वातावरणीय संरक्षणलाई सघाउ पुर्याउने कार्यलाई प्रवर्द्धन गर्न बैंकले यो समझदारी गरेको जनाएको छ । जसमा न्युन ब्याजदर, लचिलो समयावधि जस्ता विशेषताहरु समावेश गरिएको छ ।

एनएमबिको यस कर्जा योजनास ब्यवसाय सँगसँगै वातावरणीय दायित्व पूरा गर्ने सचेत प्रयास पनि भएको बैंकले जनाएकाे छ ।  यो योजनाले नेपालकै विद्युतलाई सदुपयोग हुने लक्ष्य लिइएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *