गठबन्धनले राष्ट्रपतिकाे सन्देशकाे उपेक्षा गर्‍याे : एमाले महासचिव

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पाेखरेलले गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीकाे सन्देशकाे उपेक्षा गरेकाे आराेप लगाएका छन् । बिहीबार पार्टी कार्यालयमा आयाेजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘गठबन्धनले राष्ट्रपतिकाे सन्देशकाे उपेक्षा गर्‍याे । यसलाई गठबन्धनले गणतन्त्रमाथि प्रहार गरेकाे रूपमा बुझ्नुपर्छ,’ उनले भने ।

उनले गठबन्धनलाई दक्षिण एसियामा कहीँ पनि विवाहलगत्तै नागरिकता दिने प्रचलन नरहेकाे भन्दै सम्झाए । ‘एमालेले नागरिकता पाउनु हुँदैन भन्ने हाेइन,’ उनले भने, ‘नेपाली नागरिकहरूले वंशजकाे आधारमा नागरिकता पाउनुपर्छ । यसमा हामी प्रष्टै छाैँ । तर, म गठबन्धनलाई साेध्न चाहन्छु— दक्षिण एसियामा कहाँ छ विवाहलगत्तै नागरिकता दिने चलन ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *