एमाले प्रवेश गर्दै सर्वेन्द्र खनालले भने- केपी ओलीले आजसम्म केही नराम्राे गरेका छैनन् (भिडिओसहित)

काठमाडाैँ । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकाे नेतृत्वमा आजसम्म गलत काम नभएकाे बताएका छन् । बिहीबार एमाले प्रवेश गर्दै उनले यस्ताे बताएका हुन् । ‘उहाँकाे नेतृत्वमा आजसम्म नराम्राे, गलत काम भएकाे छैन,’ उनले भने ।

उनले पार्टीमा आफूले पाएकाे जिम्मेवारी राम्राे निभाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । उनले भने, ‘म एमाले पार्टीकाे दह्राे सिपाहीकाे रूपमा रहने प्रतिबद्धतासमेत व्यक्त गर्दछु । किनकी सुखी नेपाली, समृद्ध नेपाल बनाउने एमाले नै हाे, यहीँ नै सबैकाे भलाे छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *