महेश बस्नेतले भने- प्रचण्डकाे ड्राइभरले दुईचाेटी गाेली हान्दा नपड्किएर बाँचेकाे हुँ म (भिडिओसहित)

काठमाडाैँ । नेकपा एमालेका नेता महेश बस्नेतले आफूले नाफाकाे जीवन बाँचिरहेकाे बताएका छन् । बिहीबार काठमाडाैँमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भनेका छन्, ‘कहिलेकाहीँ केपी कमरेडले भन्नुहुन्छ नि नाफाकाे जीवन बाँचिरहेकाे छु भनेर । मेराे पनि उस्तै हाे । हामी धेरैपटक मृत्यबाट बचेर आएका छाैँ । घाेषितरूपमा आक्रमण; युवा स्वराेजगार कार्यक्रममा त वर्षमान पुनजी र बाबुराम भट्टराईले मलाई त घाेषितरूपमै आक्रमण गरेर मेराे दाँतै देखाउने रे नि त ! प्रचण्ड कमरेडकाे ड्राइभरले त मलाई २ चाेटी गाेली हान्दाखेरि नपड्केकाे रहेछ क्या ।’

अहिले आफूलाई गाेली हान्न खाेज्ने प्रचण्डका ड्राइभर काभ्रेमा रहेकाे भन्दै उनले सुनाए, ‘अहिले काभ्रेमा फम खाेलेर, रेष्टुरेन्ट खाेलेर बसेकाे छ । त्यहाँ मान्य गाेकुल बाँस्काेटाले भन्नुहुन्थ्याे- तपाईंकाे बारेमा त भनिरहन्छ त्यलले भनेर । त्याे मान्छे ठूलाे भाग्य लिएर आएकाे रहेछ, दुईपटक पड्काकाे पड्केन र तेस्राेपटकचाहिँ म गइनँ भनेर भन्छ रे । भनेपछि त्याे सङ्घर्ष पार गरेर हामी यहाँ आएका छाैँ नि । हाम्राे याे जीवन नाफाकाे जीवन हाे ।’

उनले आफूहरूले बिनागल्तीकाे गाली खाइरहेकाे पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *