सुनको मूल्य तोलामा ५ सयले बढ्यो, चाँदीको कति ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलाको ५ सय रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि बुधबार छापावाल सुन ९१ हजार ३ सय रुपैयाँ प्रतितोला र तेजाबी सुन ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी १ हजार १ सय ८५ रुपैयाँ प्रतितोला पुगेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ७० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *