राष्ट्रपतिकाे कदमकाे समर्थनमा युवा संघकाे प्रदर्शन (तस्बिरहरू)

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) निकट युवा संघले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकका सन्दर्भमा लिएकाे कदमकाे समर्थनमा प्रदर्शन गरेकाे छ । संघले बुधबार बानेश्वरमा प्रदर्शन गरेकाे हाे ।

प्रदर्शनकाे नेतृत्व पूर्वमन्त्रीसमेत रहेका एमाले नेता महेश बस्नेतले गरेका थिए । युवाहरूले प्रदर्शनका क्रममा देखाएका पर्चा-पम्पलेटहरूमा गठबन्धनकाे निशाना, देश बेच्ने दिशामा, लेन्डुप दाेर्जेहरू हाेसियारलगायतका नाराहरू लेखिएका थिए ।

मातृपार्टी एमाले भने माैन बसिरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *