माधवले हाँस्दै भने- ‘केही कमरेडले नजिते पनि मेराे नाम राख्दिनू, कमसेकम स्टेजमा त बस्न पाइन्छ भन्नुभएकाे छ’

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले अहिलेका नेताहरूकाे प्रवृत्ति बिग्रिएकाे बताएका छन् । त्याे खासगरी एमालेले बिगारिदिएकाे उनकाे टिप्पणी थियाे । बुधबार राजधानीमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भनेका छन्, ‘पहिले हामीचाहिँ पद पाउँदा भागभाग गर्थ्याैँ । तर अहिलेचाहिँ टिकट दिँदा पनि नहुने, नदिँदा पनि नहुने भए । अब पछि कतिजना रुने हुन्, थाहा छैन ।’

त्यसअघि उनले भनेका छन्, ‘काेही-काेही कमरेडहरू त के भन्दारहेछन् भने नजिते पनि मेराे नामचाहिँ नकाटिदिनुस् कमरेड भन्नुहुन्छ । किन भनेकाे त कमसेकम जाँदाखेरी त स्टेजमा बस्न त पाइन्छ नि कमरेड भन्छन् । स्टेजमा परिचय त गराइदिन्छन् नि कमरेड, जिल्लामा परिचित त भइन्छ नि कमरेड भन्नुहुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *