प्रतिनिधि सभा क्षेत्र बाँडफाँट : १२७ सिटमा सहमति, ३८ मा बाँकी

काठमाडाैँ । सत्तारुढ दलहरूबिच प्रतिनिधि सभा क्षेत्र बाँडफाँटकाे विषय अझै टुङ्गिएकाे छैन । ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्ने जमर्काे गरिरहेकाे गठबन्धनले अझैसम्म टुङ्ग्याउन सकेकाे छैन । सिट बाँडफाँट गर्न बनेकाे कार्यदलले अपुराे प्रतिवेदन यसअघि नै शीर्षस्थ नेताहरूलाई बुझाइसकेकाे छ ।

आज पनि गठबन्धनकाे बैठक बसेकाे थियाे । आजसम्मकाे बैठकले  १२७ सिटमा सहमति जुटाएकाे छ भने ३८ सिटमा सहमति जुट्न बाँकी रहेकाे छ ।

छलफलमा सहभागी ती सदस्यका अनुसार सहमति जुटेकामध्ये नेपाली कांग्रेस ६५, माओवादी केन्द्र ४०, एकीकृत समाजवादी १२, जनता समाजवादी पार्टी (जसपा) ९ र राष्ट्रिय जनमोर्चाको १ क्षेत्र छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *