राष्ट्रपतिकाे कदमबारे छलफल गर्दै गठबन्धन, के ल्याइँदैछ अध्यादेश ?

काठमाडाैँ । संविधानत: हिजाेसम्म प्रमाणीकरण गर्नुपर्ने नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरिनन् । यसपछि विभिन्न टिका-टिप्पणी हुँदै आएका छन् । खासगरी सत्तारुढ दलहरू राष्ट्रपतिकाे याे कदमबाट चिढिएका छन् । उनीहरूले राष्ट्रपतिबाट दाेस्राेपटक पुगेकाे विधेयक प्रमाणीकरण नहुनु दुखद् मात्रै नभइ संविधानका गम्भीर उल्लघंन भएकाे बताएका छन् ।

उसाे त सत्तारुढ दलहरूका शीर्षस्थ नेताहरूकाे बैठक बस्दैछ । बैठकमा यसबारे छलफल हुने सरकारकाे नेतृत्वकर्ता दल नेपाली कांग्रेसका एक नेताले बताए । उनले भनेका छन्, ‘केहीबेरमा सत्तारुढ गठबन्धनकाे बैठक बस्दैछ । त्यहाँ राष्ट्रपतिकाे कदमबारे विस्तृतरूपमा छलफल हुन्छ र हामी एउटा निष्कर्षमा पुग्नेछाैँ ।’

उसाे त विधेयक प्रमाणीकरण नभएपछि अब अध्यादेश ल्याउने हल्ला व्यापक छ । के अब सरकारले अध्यादेश ल्याउँछ ? भन्ने जिज्ञासामा ती नेताले भनेका छन्, ‘याे कुरा मैले भन्न सक्दिनँ तर, याे अबकाे एउटा विकल्पचाहिँ हुनसक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *