मुख्य प्रशिक्षक थापाद्वारा पद त्याग्ने घोषणा

‘उपाधि जिताउन नसकेकोमा माफी माग्छु’

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कुमार थापाले प्रशिक्षक पद‌ त्याग्ने घोषणा गरेका छन् । प्रशिक्षक थापाले सोमबार सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलपछि पदमा नरहने बताएका हुन् ।

उनले आफूले उपाधि दिलाउन नसकेपछि पदमा बस्नु उचित नरहेको बताउँदै पद छाड्ने जानकारी दिए । थापाले यसै प्रतियोगिताको सुरुवातमा जिम्मेवारी पाएका थिए । सन् २०१६ मा प्रशिक्षकको जिम्मेवारी पाउँदा थापा सेमिफाइनलमा रोकिएका थिए । त्यसबेला सिलीगुडीमा भएको प्रतियोगितामा भारत बाधक बनेको थियो ।

यसपटक भारतलाई सेमिफाइनलमा पन्छाएपनि नेपाल फाइनलमा बङ्गलादेशसँग पराजित भयो । बङ्गलादेशले साफ वुमेन्स च्याम्पियनसिप जितेको यो पहिलो पल्ट हो । नेपाल भने पाँचौँ पल्ट फाइनलमा पराजित रह्यो । महिला फुटबलमा नेपाल दशरथ रङ्गशालामा पराजित भएको यो पहिलो पल्ट हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *