प्रजातन्त्र सेनानी तोरेन्द्रमान सिंह प्रधानको निधन

विराटनगर । समाजसेवी तथा प्रजातन्त्र सेनानी तोरेन्द्रमान सिंह प्रधानको ९३ वर्षको उमेरमा निधन भएको छ। विराटनगर महानगरपालिका १० निवासी प्रधानको उपचारका क्रममा न्युरो अस्पतालमा सोमबार दिउँसो निधन भएको हो ।

मुटु र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो ।
आइतबारै उनले आफ्ना बुवाको श्राद्ध कर्म गरेपछि स्वास्थ्यमा समस्या देखिएको परिवारले जनाएको छ।

२००७ सालको क्रान्तिमा प्रजातन्त्र प्राप्तिका लागि उनको महत्त्वपूर्ण योगदान थियो । उनी नेवारी संस्कृति र भूगोलका ज्ञाता मानिन्छन् ।

गणेशमान फाउन्डेसन प्रदेश १ का पूर्व अध्यक्ष तथा झिँ पुचः, नेपाल क्षयरोग निवारणलगायत विभिन्न संस्थाको उनले नेतृत्व लिएका थिए ।

प्रधानको मंगलवार सिंघिया घाटमा अन्त्येष्टि गर्ने तयारी छ । उनका तीन छोरी र पत्नी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =