लोसपा, जनमत र तमलाेपाले संविधान दिवसमा मनाए ‘कालाेदिन’

जनकपुरधाम । संविधान जारी भएको दिनलाई कालो दिनको संज्ञा दिँदै मधेस प्रदेशको राजधानी जनकपुरधाममा विभिन्न दलले विरोध प्रदर्शन गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत र तराई मधेस लोकतान्त्रिक पार्टीले संविधान दिवसलाई कालो दिवसका रूपमा मनाएका हुन् । उनीहरूले छुट्टाछुट्टै रूपमा कालाे दिन भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले हात कालोपट्टि बाँधेर प्रदर्शन गरेका छन् । उनीहरूले संविधान संशोधन हुनुपर्ने बताए ।

लोसपाका धनुषा अध्यक्ष परमेश्वर साहले संविधान अहिलेसम्म सर्वस्वीकार्य नभएको भन्दै आफूहरूले सुरुदेखि नै संविधान संशोधन हुनुपर्ने माग राख्दै आएको बताए ।

गोली चलाएर एकतर्फी रूपमा संविधान जारी गरिएको भन्दै उनले संविधान संशोधन गरी मधेसको माग पूरा गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *