‘मुलुकको धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व’
२०७९ असोज ३ गते

काठमाडाैँ । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।
ज्यापु समाज यलले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रमपछि मन्त्री श्रेष्ठले कला संस्कृतिको संरक्षण नगरेसम्म मुलुकको विकास नहुने बताए ।
उनले देश विकासको मुख्य आधार नै पर्यटन रहेकाले पर्यटनसँग जोडिएको सम्पदाको संरक्षण गर्नु आजको आवश्यकता रहेको जिकिर गरे । मन्त्री श्रेष्ठले नेपालको संस्कृति र सम्पदाहरूबाट पर्यटकहरूलाई आकर्षित गर्न सकिने धारणा पनि राखे ।
उनले पर्यटन क्षेत्रको विकासका लागि सरकारले अघि सारेको अवधारणा पत्रलाई कार्यान्वयन गरेरै छाड्ने प्रतिबद्धता जनाए ।
२०७९ असोज ३ गते
प्रतिक्रिया








