पाइलैपिच्छे आलोचना गर्नुभन्दा शिक्षा सुधार्न सामूहिक प्रयत्न गरौँ : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न आलोचना भन्दा सामूहिक प्रयत्न आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा आयोजित “विद्यालय तह परीक्षाको नतिजा –वर्तमान अवस्था र भावी कार्यदिशा” छलफलमा मन्त्री पौडेलले सामूहिक प्रयत्नबाट शिक्षामा सुधार हुने बताए ।

“पाइलैपिच्छे आलोचना गर्दै हिँडेर शिक्षा सुध्रिँदैन,” उनले भने, “प्रधानाध्यापक, शिक्षक, कर्मचारी नागरिक समाज सबैले सामूहिक प्रयत्न गरे शिक्षा सुधार हुन्छ ।”

बच्चा जन्मिएपछि सबैभन्दा ठूलो समय शिक्षा संस्थामा बित्ने भएकाले तीन प्रकारका शिक्षा सुधार्न गम्भीर भएर लाग्नुपर्नेमा उनको भनाइ रहेको छ ।

विद्यालय शिक्षालाई नियमन गर्न परीक्षा बोर्ड, उच्च शिक्षालाई नियमन गर्न विश्वविद्यालय र प्राविधिक तथा व्यावसायिक शिक्षा नियमन गर्न सिटिइभिटी रहेकाले थप सुधार गर्न विज्ञहरूको सुझाव आवश्यक रहेको औँल्याए ।

विश्वविद्यालयका आंगिक क्याम्पसहरू शिक्षा विषयमा रुचि नभएकाले भर्ना हुनेको संख्यामा कमी आएको बताउँदै व्यवहारमुखी शिक्षाको आवश्यक रहेको बताए । विद्यालय शिक्षा सुधार्न क्यालेन्डर प्रणाली आवश्यक रहेकाले वैशाखदेखि क्यालेन्डर प्रणाली लागू हुने विश्वास व्यक्त गरे ।

“विद्यार्थीहरूले परीक्षा दिएको वर्ष दिनसम्म पनि नतिजा आएन भने के हुन्छ ? प्रश्न गर्दै उनले भने, अब विभिन्न बहाना हुँदैन क्यालेन्डर प्रणाली लागू गरौँ सबै समयमा हुन्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =