कांग्रेसले तीन बजे समानुपातिक सूची बुझाउने

काठमाडौँ । कांग्रेसले तीन बजे समानुपातिक सूची बुझाउने भएको छ । नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची दिउँसो तीन बजे निर्वाचन आयोगमा बुझाउने भएको हो ।

नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दिउँसो ३ बजेसम्म उम्मेदवारको बन्दसूची तयार पारेर निर्वाचन आयोगमा बुझाइने बताए । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको सूची बनाइरहेको छ ।

प्रदेशगत रुपमा बालुवाटारभित्र सातवटा ठाउँमा उम्मेदवारको सूची बनाउने काम भइरहेको उनको भनाइ छ । कांग्रेस संसदीय समितिका सदस्य, आमन्त्रित रुपमा पूर्व पदाधिकारी र केन्द्रीय सदस्य शेखर कोइराला, बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीलाई छलफलमा सहभागी गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nine =