मेस्सीको गोलमा पिएसजीको जित

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले लियोनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले लियोनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको यस जितमा लियोनेल मेस्सीले खेलको पाँचौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । नेइमारको असिस्टमा मेस्सीले गोल गरेका थिए ।

पिएसजीको यो यस सिजनमा सातौ जित हो । ८ खेलमा ७ जित र एक बराबरी खेलेको पिएसजीको २२ अंक छ र लिगमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै लियोनको भने ८ खेलमा ४ जित, एक बराबरी र ३ हारसहित १३ अंक छ र लिगमा छैटौं स्थानमा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *