संविधानको दिगो कार्यान्वयन होस् : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभामा अध्यक्ष तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको यस ऐतिहासिक दिन तथा राष्ट्रिय दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवंदाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

उनले एक भिडिओ सन्देशमार्फत उनले संविधान जारी भएको ७ वर्षमा केही राजनीतिक परिवर्तन भए पनि आम जनताले अनुभूत गर्न सक्ने गरी विकास र समृद्धिको काम हुन नसकेको बताएका छन् । उनले संविधानको दिगो कार्यान्वयन होस् भन्ने कामनासमेत गरेका छन् ।

साथै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका खातिर विभिन्न समयमा भएका आन्दोलन तथा संघर्षहरूमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 4 =