ब्रेन्टफर्डलाई हराएर आर्सनल शीर्षस्थानमा

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले ब्रेन्टफोर्डलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा विलियम सलिबा, गाब्रियल जिसस र फाबिओ भिएराले एक एक गोल गरेका हुन् । आर्सनलको यस सिजनमा यो छैटौं जित हो । ७ खेलमा ६ जित र एक हार बेहोरेको आर्सनल १८ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

त्यस्तै ब्रेन्टफोर्डको भने यस सिजनमा यो दोस्रो हार हो । ब्रेन्टफोर्डको ७ खेलमा २ जित, ३ बराबरी र २ हारसहित ९ अंक छ र लिगमा नवौं स्थानमा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *