एकीकृत समाजवादीको अगुवा कार्यकर्ता प्रशिक्षण पाँचथरमा सम्पन्न

किरण चापागाईँ

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पाँचथरले अगुवा कार्यकर्ता प्रशिक्षण तथा विजय दशमी दिपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा एकीकृत समाजवादी पाँचथरका अध्यक्ष कमलप्रसाद जबेगुको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा पाँचथर इन्चार्ज गणेशकुमार काम्बाङको प्रमुख आतिथ्यतामा विशेष अतिथि केन्द्रीय अनुशासन आयोगका सदस्य डा. भक्तिमान सम्बाहाम्फे , १ नम्बर प्रदेश सदस्य तथा स्कुल विभाग सचिव डा. दिवाकर रेग्मी धनकुटा जि क अध्यक्ष अर्जुन राई ,१ न प्रदेश सदस्य तथा प्रदेश स्वास्थ्य विभागका खगेन्द्र ओली ,अतिथीहरु केन्द्रीय परिषद सदस्य तथा जिल्ला कमिटी उपाध्यक्ष प्रेम प्रसाद रिजाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

जिल्ला कमिटी उपसचिव मनोरथ चापागाइँले सञ्चालन गरेका थिए । कार्यक्रममा जिल्ला कमिटी पाँचथर , जनवर्गीय सङ्गठनका केन्द्रीय स्तरका नेता , पालिका अध्यक्ष पदाधिकारी लगायत नेता कार्यकर्ता सहित २ सय ५० बढिको उपस्थिति रहेको पार्टीका कार्यालय सचिव तथा सचिवालय सदस्य वीरदल राईले बताए ।

कार्यक्रममा प्रमुख अतिथि गणेशकुमार काम्बाङ बाट समसामयिक राजनीतिक अवस्था र हाम्रो कार्यभार, प्रमुख प्रशिक्षक डा. दिवाकर रेग्मी बाट दक्षिण पन्थी अवसरवाद विरुद्ध को संघर्ष र वर्तमान कार्यभार प्रशिक्षक अर्जुन राई बाट समाजवादी कार्यदिशा ,प्रशिक्षक भक्तिमान सम्बाहाम्फेबाट समसामयिक राजनीतिका बारेमा प्रशिक्षण गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 4 =