चोलेन्द्रको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी सरकारले हटायो
२०७९ असोज २ गते

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी सरकारले हटाएको छ । आज उनको सुरक्षामा खटेका सबै सुरक्षाकर्मी सरकारले हटाएको हो ।
प्रधानन्यायाधीश राणा आइतबार सर्वोच्च अदालत जाने बताएका थिए। उनले सर्वोच्च प्रशासनलाई समेत आफू आउने भन्दै तयारी गर्न आग्रह गरेका थिए।
तर, नेपाल बार एशोसियसनले भने चोलेन्द्र आउने भनेपछि गेटबाटै भित्र जान दिएन । त्यसपछि जबराले आफूलाई सरकारले ‘नजरबन्द’मा राखी बाहिर निस्कन नदिएको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको थियो ।
सरकारले भने उनलाई काममा फर्किन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी उनको निवासमा खटाएको थियो र उनलाई घरबाट बाहिर निस्कन दिएको थिएन । चोलेन्द्र अहिले बालुवाटारमै छन्।
२०७९ असोज २ गते
प्रतिक्रिया
सम्बन्धित








