टुकुचामाथी बनेका घर नभत्काउन उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ । प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो ।
महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहेको छ । उसले हालसम्म जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालेको थियो । अदालतले असोज ५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
प्रक्रिया बमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्र समेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन अन्तरकालीन आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।
काठमाडौँ महानगरपालिकाले खोलाको गायब जग्गा दोस्रोपटक खोज्न सुरु गरेको थियो । तर आज उच्च अदालतले महानगरपालिकालाई टुकुचामाथी बनेका थप घर नभत्काऊन आदेश दिएको छ ।
काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापीनक्साबाटै गायब भएको छ । खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिका नाममा दर्ता गरिएको छ । जग्गामा ६ तलेभन्दा अग्ला भवन बनेका छन् । सबै व्यापारिक प्रयोजनमा प्रयोग भएका छन् ।









Kasto nirna, miche ko Pani vanchha ? Navattkau Pani vanchha.
खोलाको वा अन्य सरकारी जमिनहरुमा कुन “प्रक्रिया बमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्र” लिन मिल्छ स्पष्ट तरिकाले बताइदिनु पर्छ ताकि भोलिका दिनहरुमा आम जनताहरुले पनि यो कार्य सजिलै गर्न सकुन I खोई “नेपालको कानुन दैबले जानुन” भन्छन्, के हो के हो बुझनै सकिन I
खोलाको जमिन रे फेरि नापी नक्सा पुर्जा सबै छ, भनेपछि त्यो process बताइदिनु पर्यो नि त उच्च अदालतले सबै जनतालाइ सार्बजनिक जग्गा कसरि दर्ता गर्न पुर्जा पाउन, नक्सा पास गर्न, घर बनाउन मिल्छ भनेर !!!?