भगवती चौधरी भन्छिन् : ‘अदालतले न्याय गरेन, जनतामाझ जान्छु’

विराटनगर । नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीले अदालतले आफूमाथि न्याय नगरेको गुनासो गरेकी छिन् ।

अदालतले न्याय नगरेको गुनासो सहित उनी आगामी निर्वाचनमा जाने तयारी गरेकी हुन् । अदालतले न्याय नगरेपनि जनताले आफूलाई न्याय गर्ने बताएकी छिन् ।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आउने निर्वाचनमा जनताले न्याय गर्ने बताईन् । ‘अबको निर्वाचनमा जनताले जिताएर न्याय गर्नुहुन्छ, उनले भनिन्, २०७४ सालको निर्वाचनको मुद्दा अझै किनारा लागेको छैन ।’ ५ बर्षसम्म पनि मुद्दा टुङ्गो लाग्न नसकेकोमा अदालतप्रति असन्तुष्टि जनाईन् ।

‘२०७० सालको निर्वाचनमा समेत प्रशासन लगाएर धाँधली गरियो । ७४ सालमा पनि छलछाम गरेर अर्कैले चुनाव जिते’ चौधरी भन्छिन्, छलछाम भयो भनेर अदालतमा गएर मुद्दा हालेपनि अदालतले न्याय गरेन ।’

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा विजयकुमार गच्छदारले चौधरी ३२१ मतले पराजित गरेका थिए । प्रतिनिधिसभाको आयु समेत सकिएकाले अब चौधरीको मुद्दाको पनि औचित्य सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 17 =