माओवादीले समानुपातिक उम्मेदवारको नाम सोमबारमात्रै बुझाउने
२०७९ असोज २ गते

काठमाडौँ । माओवादीले समानुपातिक उम्मेदवारको नाम सोमबारमात्रै बुझाउने भएको छ । नेकपा माओवादी केन्द्रले सोमबार मात्र समानुपातिक उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाउने तयारी गरेको हो ।
आइतबार विहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा मधेस प्रदेशमा उम्मेदवार छान्न सकस परेको र अन्य प्रदेशबाट समेत बढी सिफारिस भएपछि थप छलफल गर्ने बाकि रहेको बताईको छ ।
समानुपातिकको लागि माओवादीका आकांक्षी कति छन् भन्ने कुरा सार्वजनिक गरिएको छैन।
माओवादीको समानुपातिक नामबारे अन्तिम खाका बनाउने जिम्मा महासचिव देव गुरुङ, वर्षमान पुन, गिरिराजमणि पोखरेल र शक्ति बस्नेतलाई दिइएको छ।
२०७९ असोज २ गते
प्रतिक्रिया
सम्बन्धित








