सनको ह्याट्रिकमा टोटेनहमको फराकिलो जित

काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपरले लेस्टर सिटीलाई ६-२ को फराकिलो अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा टोटेनहमका लागि दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको ह्याट्रिकसँगै ह्यारी केन, एरिक डाएर र रोड्रीगो बेन्टान्कुरले १-१ गोल गरे । लेस्टरका लागि युरी टिलेमान्स र जेम्स म्याडीसनले १-१ गोल गरे ।

यस जितसँगै टोटेनहम ७ खेलमा १७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । टोलीले ५ जित र २ बराबरीको नतिजा निकालेको छ । पराजित लेस्टर भने ७ खेलमा १ बराबरीसँगै १ अंकसाथ पुछारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *