म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लियो

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वल्भ्सवोल्भ्सलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वल्भ्सवोल्भ्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा ज्याक ग्रीलिश, इर्लिंग हालाण्ड र फिल फोडेनले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ३३औँ मिनेटमा नाथन कोलिन्सले रातो कार्ड पाएपछि वोल्भ्स १० खेलाडीमा सीमित भएको थियो ।

यस सिजनको प्रिमियर लिगमा म्यानचेस्टर सिटीको यो पाँचौँ जित हो । ७ खेलमा ५ जित र २ बराबरीसहित सिटीको १७ अङ्क भएको छ र लिगमा शीर्ष स्थानमा उक्लिएको छ ।

त्यस्तै वल्भ्सको भने यस सिजनमा यो तेस्रो हार हो । ७ खेलमा केवल एक खेल जितेको वल्भ्सले ३ खेल बराबरी खेलेको छ । वल्भ्सको लिगमा ७ खेलमा ६ अङ्क छ भने १६औँ स्थानमा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *