राज्यका सबै निकायमा समावेशी प्रतिनिधित्व हुनुपर्छ : राजेन्द्र महतो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मुलुकमा धेरै राजनीतिक उपलब्धि गरी नेपालको संविधान जारी गरिएको भए पनि अझै राज्यका निकायमा उचित समावेशी प्रतिनिधित्व हुन नसकेको बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले जनताको अधिकार र पहिचानमा भएका उपलब्धिको समीक्षा गर्नुपर्ने बेला आएको बताए । पाँच वर्षमा प्रतिनिधिसभाबाट नेपाली जनताले के-के प्राप्त गरे भन्ने स्पष्ट गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘प्रतिनिधिसभाले गरेका काम जनताले महसुुस गर्ने खालको भएको छ कि छैन भन्ने स्पष्ट हुनुपर्दछ ।’

देशमा परिवर्तनका लागि धेरै काम भए पनि जनअपेक्षाअनुरसार मुलुकको विकास हुन नसकेको भनाइ राख्दै उनले सबै नेपालीका लागि मुलुक हो भन्ने गरी काम गर्नुपर्ने धारणा व्यक्त गरे । सबै जातजाति, भाषाभाषीका लागि मुलुक हो भनी उचित प्रतिनिधित्व र काम गर्नुपर्ने उनको भनाइ थियो । उनले आफ्नै देशका नागरिकलाई नागरिकता दिन राज्यले कन्जुस्याइँ गरेको भन्दै गुनासो गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + sixteen =