ओलीलाई देउवाको जवाफ- ‘परमादेशले गर्दा सँगै काम गर्ने अवसर मिल्यो’

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतको परमादेशले गर्दा नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संसद्‍मा भेट भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काउँदै परमादेशकै कारण सँगै काम गर्ने अवसर मिलेको बताए । ‘हुन त हाम्रो प्रतिपक्ष दलको नेताले परमादेशको सरकार भनेर भन्नु हुन्छ । यो संसद्‍ नै परमादेशबाट आएको हो,’ देउवाले भने, ‘जसमा उहाँहरू र म काम गर्न पाइरहेका छौं । परमादेश नभएको भए उहाँ र हामी सँगै बसेर काम गर्न पाउने थिएनौं । विधेयक पारित गर्न सक्दैनथ्यौं । परमादेशले भेट गर्ने मौका दिएको छ ।’

देउवाले सरकारले राम्रो उपलब्धी हासिल गरेको पनि दाबी गरे । ‘गणतन्त्र आएपछि संसद्‍ पहिलो पटक विघटन भयो,’ उनले भने, ‘जनताले संघर्षबाट ल्याएको संविधानलाई रक्षा गर्नका लागि सहकार्य गरेर संविधान बमोजिम मात्रै चल्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =