आज प्रतिनिधि सभाको अन्तिम बैठक : शीर्ष नेताले सम्बोधन गर्ने
२०७९ असोज १ गते

काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । आजको संसद बैठक नै यो कार्यकालको अन्तिम बैठक हुनेछ । आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुँदैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतका नेताले सम्बोधन गर्ने तय भएको छ ।
२०७९ असोज १ गते
प्रतिक्रिया
सम्बन्धित








