अछाममा पहिरो, चार जना मृत फेला

काठमाडौँ । अछाममा तीन दिनदेखिको निरन्तरको वर्षापछि पहिरोमा परेर मृत्यु भएका ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नारायण डाँगीकाअनुसार केही बेपत्ता भएका छन् ।

तुर्माखाँद, ठाँटीकाँध र ढकारीमा शुक्रबार रातिको पहिरो गएको हो । तुर्माखाँदमा पहिरोमा परी ७ जना बेपत्ता भएका छन् भने दुई घर पहिरोले बगाएको छ । तुर्माखाँदमै चार जनाको शव फेला परेको डीएसपी डाँगीले जानकारी दिए ।

ठाँटीकाँधको पहिरोमा ९ जना बेपत्ता भएका छन् भने दुई घर बगाएको छ । यसैगरी ढकारीमा पहिरोले एक घर बगाएको र ३ जना बेपत्ता छन् । पहिरो खसेका स्थानमा उद्धार र खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *