भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा प्रवेश
२०७९ भदौ ३१ गते

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल खेलमा भारतलाई १-० गोलले हराउदै फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो ।
महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउँन सकेको थिएन ।

साविक उपविजेता समेत रहेको नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन् ।
प्रिती राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गरिन् ।

पहिलो सेमिफाइनलमा भुटानलाई ८-० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ ।
फाइनल खेल सोमबार हुनेछ भने, नेपालले फाइनलमा बंगलादेशको सामना गर्नेछ ।
२०७९ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








