भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल खेलमा भारतलाई १-० गोलले हराउदै फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो ।

महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउँन सकेको थिएन ।

साविक उपविजेता समेत रहेको नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन् ।

प्रिती राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गरिन् ।

पहिलो सेमिफाइनलमा भुटानलाई ८-० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ ।

फाइनल खेल सोमबार हुनेछ भने, नेपालले फाइनलमा बंगलादेशको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *