सांसदकै कारण संसद्काे ५ बर्से कार्यकाल प्रभावकारी हुन सकेन : ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संसद्को पाँच बर्से कार्यकालमा जन निर्वाचित प्रतिनिधिहरूको प्रभावकारी भूमिका हुन नसकेको बताएका छन् ।

शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले संसद्को नेतृत्व गर्ने पात्रहरूको भूमिका महत्त्वपूर्ण हुने भए पनि त्यस्तो हुन नसकेको बताएका छन् ।

पोखरेलले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको नेतृत्व भन्दा पनि गठबन्धनको बफादार कार्यकर्ताको रूपमा भूमिका खेलेको आरोप लगाए ।

आफूहरू सत्तापक्षमा हुँदा सौहार्दपूर्ण भूमिका खेलेको र प्रतिपक्षीमा रहँदा पनि प्रभावकारी भूमिका खेलेको उनको भनाई छ ।

उनले सदनले नै विभिन्न विषयमा प्रतिपक्षीसँग छलफल गर्न नचाहनु विडम्बना रहेको बताए ।

उनले केही पात्रहरूका कारण नै संसद् अनाकर्षण थलोको रूपमा देखा परेको टिप्पणी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − fourteen =